दिल्लीको
सरकार
नेता त हुन् यिनी मात्र नामको |
छैनन् यिनी केहि कामको |
छण छणमा लाग्छ भारतलाई गुहार |
यो हो दिल्लीको सरकार |
सहमती र सम्झौता हुन्छ दिल्लीमा |
मजा आउछ यिनलाई एकार्काको खिल्लिमा |
छन् यहाँका नेताहरु बेकार |
यो हो दिल्लीको सरकार |
भारत र नेपालको सम्बन्ध छ येस्तो |
टि.भी. र रिमोटको सम्बन्ध जस्तो |
नेताहरुको लागि भारतको महिमा छ अपार|
यो हो दिल्लीको सरकार |
सिमानाहरू मिचिदा कसैलाई वास्ताछैन |
भोलि भन्ने हुन् नेपाल नै हाम्रो हैन |
कसले गर्ला हाम्रो सपना साकार |
यो हो दिल्लीको सरकार |
Comments
Post a Comment