Posts

Showing posts from April, 2014
                  दिल्लीको सरकार नेता त हुन् यिनी मात्र नामको | छैनन् यिनी केहि कामको | छण छणमा लाग्छ भारतलाई गुहार | यो हो दिल्लीको सरकार | सहमती र सम्झौता हुन्छ दिल्लीमा | मजा आउछ यिनलाई एकार्काको खिल्लिमा | छन् यहाँका नेताहरु बेकार | यो हो दिल्लीको सरकार | भारत र नेपालको सम्बन्ध छ येस्तो | टि.भी. र रिमोटको सम्बन्ध जस्तो | नेताहरुको लागि भारतको महिमा छ अपार| यो हो दिल्लीको सरकार | सिमानाहरू मिचिदा कसैलाई वास्ताछैन | भोलि भन्ने हुन् नेपाल नै हाम्रो हैन | कसले गर्ला हाम्रो सपना साकार | यो हो दिल्लीको सरकार |