Posts

Showing posts from March, 2014
          मनको व्यथा भोका,नाङ्गा,चिथराको थलो बनेको छ यो ठाउँ| प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| चुसिराहेछन रक्त जसरी चुस्छ्न किराले | यो देखि तेसैले मन मेरो जलिरहेछ पिरले | बिग्रिरहेछ देश आज कसरी म बचाऊ  | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| जल्दैछ देश आज भ्रस्टाचारको आगोमा | कब सम्म टिक्ने हो  राष्ट्र राष्ट्रियताको धागोमा | मनको यति व्यथा कसलाई म बताउ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| बिकृति र विसंगतिको  छ यहाँ राज | तेही भएर हुन सकेछैन राष्ट्रिय काज | टुक्री रहेछ रास्ट्र आज कसरी यसलाई मिलाऊ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| 
Image
              बेदना र हृदय  आज किन किन किन मुटु दुखे दुखे जस्तो लाग्यो | बेदनाका गाँठाहरु फुके फुके जस्तो लाग्यो ।  के भूल भयो, सर्वस्व सुम्पेकै त थ्ये  तिम्लाई बुझ्न थोरै मात्र चुके चुके जस्तो लाग्यो ।  धेरै गरे जस्तो लाग्थ्यो कुराहरु त साटासाट अझ पनि भित्र केही लुके लुके जस्तो लाग्यो ।  हरियाली यो संसारमा कुन बैरी ले आँखा लायो प्रित छर्ने मुहान आज सुके सुके जस्तो लाग्यो ।।।