मनको व्यथा भोका,नाङ्गा,चिथराको थलो बनेको छ यो ठाउँ| प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| चुसिराहेछन रक्त जसरी चुस्छ्न किराले | यो देखि तेसैले मन मेरो जलिरहेछ पिरले | बिग्रिरहेछ देश आज कसरी म बचाऊ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| जल्दैछ देश आज भ्रस्टाचारको आगोमा | कब सम्म टिक्ने हो राष्ट्र राष्ट्रियताको धागोमा | मनको यति व्यथा कसलाई म बताउ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| बिकृति र विसंगतिको छ यहाँ राज | तेही भएर हुन सकेछैन राष्ट्रिय काज | टुक्री रहेछ रास्ट्र आज कसरी यसलाई मिलाऊ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ|
Comments
Post a Comment