Posts

Showing posts from 2014
                  मेरा भावना   मलाई इन्द्रेणी बन्न देउ , आकाश र धरतीलाई एकै धागोमा जोड्न देउ | चारैतिर फैलिएको छ भेदभावको अँध्यारो, त्यही भएर स्वराजको उज्यालो लाग्छ मलाई प्यारो | समन्तिबादको अस्तित्व हावामा छ अझै , स्वतन्त्रता परिभाषा नै बदलिन्छ सधैँ | कहिले सम्म दमन र शोषणको हुन्छ राज, धेरै सहन गरियो चाहिन्छ हामीलाई स्वराज| जय मातृभूमि, जय स्वराज  #azzay
                  दिल्लीको सरकार नेता त हुन् यिनी मात्र नामको | छैनन् यिनी केहि कामको | छण छणमा लाग्छ भारतलाई गुहार | यो हो दिल्लीको सरकार | सहमती र सम्झौता हुन्छ दिल्लीमा | मजा आउछ यिनलाई एकार्काको खिल्लिमा | छन् यहाँका नेताहरु बेकार | यो हो दिल्लीको सरकार | भारत र नेपालको सम्बन्ध छ येस्तो | टि.भी. र रिमोटको सम्बन्ध जस्तो | नेताहरुको लागि भारतको महिमा छ अपार| यो हो दिल्लीको सरकार | सिमानाहरू मिचिदा कसैलाई वास्ताछैन | भोलि भन्ने हुन् नेपाल नै हाम्रो हैन | कसले गर्ला हाम्रो सपना साकार | यो हो दिल्लीको सरकार |
          मनको व्यथा भोका,नाङ्गा,चिथराको थलो बनेको छ यो ठाउँ| प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| चुसिराहेछन रक्त जसरी चुस्छ्न किराले | यो देखि तेसैले मन मेरो जलिरहेछ पिरले | बिग्रिरहेछ देश आज कसरी म बचाऊ  | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| जल्दैछ देश आज भ्रस्टाचारको आगोमा | कब सम्म टिक्ने हो  राष्ट्र राष्ट्रियताको धागोमा | मनको यति व्यथा कसलाई म बताउ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| बिकृति र विसंगतिको  छ यहाँ राज | तेही भएर हुन सकेछैन राष्ट्रिय काज | टुक्री रहेछ रास्ट्र आज कसरी यसलाई मिलाऊ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| 
Image
              बेदना र हृदय  आज किन किन किन मुटु दुखे दुखे जस्तो लाग्यो | बेदनाका गाँठाहरु फुके फुके जस्तो लाग्यो ।  के भूल भयो, सर्वस्व सुम्पेकै त थ्ये  तिम्लाई बुझ्न थोरै मात्र चुके चुके जस्तो लाग्यो ।  धेरै गरे जस्तो लाग्थ्यो कुराहरु त साटासाट अझ पनि भित्र केही लुके लुके जस्तो लाग्यो ।  हरियाली यो संसारमा कुन बैरी ले आँखा लायो प्रित छर्ने मुहान आज सुके सुके जस्तो लाग्यो ।।।