मनको व्यथा
भोका,नाङ्गा,चिथराको थलो बनेको छ यो ठाउँ|
प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ|

चुसिराहेछन रक्त जसरी चुस्छ्न किराले |
यो देखि तेसैले मन मेरो जलिरहेछ पिरले |
बिग्रिरहेछ देश आज कसरी म बचाऊ  |
प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ|

जल्दैछ देश आज भ्रस्टाचारको आगोमा |
कब सम्म टिक्ने हो  राष्ट्र राष्ट्रियताको धागोमा |
मनको यति व्यथा कसलाई म बताउ |
प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ|

बिकृति र विसंगतिको  छ यहाँ राज |
तेही भएर हुन सकेछैन राष्ट्रिय काज |
टुक्री रहेछ रास्ट्र आज कसरी यसलाई मिलाऊ |

प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| 

Comments

Popular posts from this blog

मस्त जिन्दगी | Awadhi Kabita | Ajay Pandey

1500 teenagers from different schools | Ajay Pandey